कर्ण बहादुर तामाङ ईन्डियन गाेर्खा पल्टनमा हनेरी ल्याप्टेन पदमा सम्मानित
880 Views
पोखरा, भदौ ३ गते खोज मिडिया । गाउँघरमा हाेस् या शहर बजार हाेस् लाहुरे भन्नसाथ सबैले चिन्ने सबैकाे परिचित हुने लाहुरे नामबाट हाे । लाहुरे हुन त्यति सजिलाे कहाँ छ र ? बाहिरबाट अरुले देख्दा र लाहुरे नामले बाेलाउँदा गर्भ लाग्छ तर लाहुरे भित्रकाे जिवन संघर्षकाे कहाँनी कसले बुज्छ अनि कस्ले देख्छ ? राईफलकाे सिरानी गरि शत्रुकाे गाेलीकाे जिवनसंग लडिबुडी गर्दै दिनरात नभनी बिताएका ती तिताे घट्नाहरु सम्झिने हाे भने साच्चिकै लाहुरे जिवन धेरै असहज देखिन्छ ।
त्यसरी राईफलकाे गाेलीसंग शरिरलाई छली जिवन बचाएर अगाडि बड्दै गर्दा आँफ्नाे काम, नाम र दामले भरिपुर्ण हुँदै गर्दा त्याे दु:ख, संघर्ष साच्चिकै भुल्ने गर्छ । किनकि जिवनमा सफलता प्राप्त गर्नलाई धेरै संघर्ष गर्नुपर्छ । त्यहिँ सफलता प्राप्त गर्नकै लागि घरपरिवार , ईष्टमित्र जन्म भुमि नेपाल छाडेर बिदेशिनुपर्ने नेपालीहरुकाे बाध्यता आखिर कहिले सम्म हाेला?
यदि संघर्ष र दु:ख भाेगेर नेपालमै रगत र पसिना आफ्नै जन्मभुमिमा बगाउन पाएकाे भए जिवनमा कत्ति आनन्द मिल्थ्याे हाेला लाहुरेकाे जिवन साच्चिकै खुसि पनि त्यत्तिनै हुन्थ्याेहाेला तर बिडम्बना छ नेपालमा साेचे जस्ताे भाैतिक सुख र आनन्द पाउँनलाई विदेशी भुमिमा रगत र पसिनाकाे खाेला बगाउँनुपर्ने बाध्यताले गर्दा धेरै नेपालीहरुकाे संघर्षकाे जिवन कहानी अतुलनिय रहेकाे छ । प्रशङ्ग हाे एक नेपाली युवा ईन्डियन (आर्मी) लाहुरेकाे बढुवा भएकाे विषयलाई उत्थान गर्नुपर्दा ती युवककाे कहाँनी पनि त्यस्तै रहेकाे छ ।
नेपालकाे धादिङ जिल्लामा जन्मेका युवक यत्तिबेला ईन्डियाकाे गाेर्खा पल्टनमा सेनाकाे जागिर गर्ने क्रममा आफ्नाे आधा जिवन ईन्डियामै बिताएका छन् । जल्दाेबल्दाे युवअवस्थामा ईन्डियन लाहुरेमा भर्ति भएपछि गाेर्खा पल्टनमा राईफलकाे सिरानी गर्दै बिताएका ती दिनहरु सम्झिदै आफ्नाे जन्मभुमिलाई सम्मान गर्दै सेनाकाे जागिरमा आफ्नाे आधा जिवनकाे समय लगाएर गरेका ती मिहेनत, ईमानदार, अनुशासनकै कारण आज उनि हनेरी ल्याप्टेन बन्न पुगेकाे छ ।
धादिङ जिल्लाकाे सेमजाेङ ३ का बासिन्दा दाबारुङ तामाङ र तिर्जापति तामाङ्काे काेखबाट जन्मिएका जेठा छाेरा कर्ण बहादुर तामाङ ईन्डियन गाेर्खा पल्टनमा 711GR मा २६ वर्ष सर्भिस गरि लामाे समय पश्चात हनेरी ल्याप्टेन जस्ताे गरिमामय पदमा सम्मानित हुनुभएको छ । यहीँ अगस्ट १५ तारिखका दिन कर्ण बहादुर तामाङ काे सम्मानित भएकाे हाे ।
कर्ण बहादुर तामाङ राप्रपा नेपालकाे सहमहामन्त्री आईतराम (आराम) तामाङकाे दाइ भएकाे बताएको छ । आराम तामाङले आफ्नै दाइ कर्ण बहादुर तामाङ सम्मानित भएकाे जानकारी दिनुभएको हाे । एउटै बाबा आमाकाे काेखबाट जन्मिएका दाजुभाइ भएकाले आफ्नाे दाई कर्ण बहादुर लाई भाइ आराम तामाङले शुभकामना एवम बधाई व्यक्त गर्दै आफ्नाे दाई हनेरी ल्याप्टेन जस्ताे गरिमामय पदमा सम्मानित हुँदा घरपरिवार र आँफु धेरै खुसि भएकाे जनाएको छ । उनले आफ्नाे दाई कर्ण बहादुरलाई बधाई तथा शुभकामना दिदैँ ईन्डियन गाेर्खा पल्टनलाई समेत धन्यवाद दिएका छन् ।





प्रतिक्रिया दिनुहोस