कचनकवलमा साइकलबाट लडेर एक जनाको मृ’त्यु
330 Views
झापा, २२ साउन, झापाको कचनकवलमा साइकलबाट लडेर एक जनाको मृ’त्यु भएको छ ।
मृ’त्यु हुनेमा कचनकवल गाउँपालिका- ५ स्थित पाठामारी निवासी ५० वर्षीय सुकुरू गणेश रहेका छन् । आइतबार बिहान ११ बजे पाठामारी बजारबाट साइकलमा सवार गणेश घरतर्फ जाने क्रममा काली मन्दिर नजिकैको कल्भर्टमा लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घा’इते भएका गणेशलाई तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बनियानी लगेको र उनको उपचारको क्रममा मृ’त्यु भएको प्रहरीको भनाइ छ ।





प्रतिक्रिया दिनुहोस