कैलालीमा डुबेर एक बालकको मृ’त्यु
556 Views
धनगढी, २१ साउन, कैलालीमा एक बालकको डु’बेर ज्यान गएको छ । टीकापुर नगरपालिका-१ एकतानगर शिविरका लालसिंह परियारका १२ वर्षीय छोरा दिनेश परियारको डु’बेर ज्यान गएको प्रहरीले जनाएको छ ।
दिनेशको नुहाउने क्रममा जमरा कुलोमा डुबेर मृ’त्यु भएको प्रहरीको भनाइ छ । पानीमा डु’बेर बेहोस भएका बालकलाई तत्काल उपचारका लागि टीकापुर अस्पताल लगिएको भए पनि उनको उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय टिकापुरले जनाएको थियो ।





प्रतिक्रिया दिनुहोस