ईनारभित्र एक जनाको श’व फेला
376 Views
उदयपुर, १९ साउन, उदयपुरको कटारी नगरपाकिा– ४ तित्रीबोटमा एक जना जेष्ठ नागरिकको श’व ईनारभित्र फेला परेको छ । कटारी नगरपालिका – ४ तित्रीबोटका ७० वर्षीय पन्चसिंह दनुवारको श’व ईनारभित्र फेला परेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
परिवारकै सदस्यले ईनारमा श’व देखेपछि प्रहरीलाई खवर गरेका थियो । घटनास्थल पुगेर श’व निकालेर पोष्टमार्टमका लागि कटारी अस्पताल लगिएको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डीएसपी मानबहादुर राईले राईले बताए । घटनाका विषयमा थप अनुसन्धान भई रहेको पनि उनले जानकारी दिए । ‘ कसरी घटना भयो अनुसन्धान गरिरहेका छौं ’, डिएसपी राईले भने ।
घ’टना लगत्तै शसस्त्र प्रहरी वेस क्याम्प कटारीका प्रमुख प्रहरी निरीक्षक भूपेन्द्र बस्नेतलगायतका प्रहरीको टोलीले श’व ईनारबाट निकालेको थियो ।





प्रतिक्रिया दिनुहोस