ग्रामिण बस्ति रामेछाप डहुका असली २ हिराहरू राजन लामा र प्रतिक थिङ
651 Views
रोमन लामा (क्षितिज)
रामेछाप १३ श्रावण खोज मिडिया। रामेछाप जिल्लाको सुनापति गाउँपालिका वडा नं-४ स्थित श्री डहु माध्यमिक विद्यालय, डहुका दुई जना विद्यार्थीहरुले ४.० जिपिए ल्याएका छन् । २०७८ मा भएको एसईई परिक्षामा देश भरीबाट ४.० जिपिए ल्याउने विद्यार्थी सङ्ख्या ४२ जना रहेको छ । त्यस मध्येमा श्री डहु माध्यमिक विद्यालय, डहुका दुई जना विद्यार्थीले सो स्थान हासिल गर्न सफल भएका छन् । त्यसैले राजन तामाङ र प्रतिक थिङलाई यस वर्षको एसईईको रामेछापको ग्रामिण बस्ति रामेछाप डहुका असली चम्किला हिराहरू सकिन्छ।
डहु माध्यमिक विद्यालयबाट यस वर्ष एसईई परीक्षामा २७ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए। यसै मध्ये बाट छात्र राजन तामाङ र प्रतीक थीङले ४.० जीपीए अंक प्राप्त गरेको सो विद्यालयको प्र.अ. दल बहादुर बलले जानकारी दिए । त्यसैगरी विद्यालयका अर्का छात्र उदगम बलले ३.९६ जीपीए प्राप्त गरेको छ । प्र.अ. बलको अनुसार परीक्षामा सहभागी विद्यार्थीहरूमध्ये १२ जनाले ३.६ देखि ४.० जीपीए प्राप्त गरी ए प्लस प्राप्त गरेका छन् । त्यस्तै १२ जनाले ३.२ देखि ३.५ जीपीए प्राप्त गरेका छन् । तीन जना विद्यार्थीहरूले भने २.८ देखि ३.२ जीपीए प्राप्त गरेका छन् । रामेछाप जिल्लाको ग्रामिण बस्तीका सो विद्यालय देशकै नमुना विद्यालयको रूपमा स्थापित हुँदै गएको छ ।
पछिल्ला दिनहरूमा ग्रामीण मात्रै नभएर शहरी क्षेत्रका विद्यालयले पनि आफ्नो शिक्षक र विद्यार्थीहरुलाई डहु मा.वि. मा भ्रमण गर्न लाने गरेका छन् । शिक्षकले चाहेमा र अभिभावकले साथ दिएमा हरेक कुरा सम्भव छ भन्ने कुरा डहु मा.वि. ले प्रमाणित गरिसकेको छ । प्र.अ.बलले भन्नु भयो अबका दिनहरूमा गुणस्तरीय शिक्षा प्रदान गर्न भनि यस क्षेत्रका अभिभावकहरू बालबच्चाहरू लिएर राजधानीमा नै महङ्गा शुल्क तिर्दै धाउनु नपर्ने जिकिर खोज मिडियासँग गरेका छन् ।
तस्विर प्र.अ. दल बहादुर बलको फेशबुकबाट







प्रतिक्रिया दिनुहोस