मुगुमा शिशु मृ’त फेला
355 Views
मुगु, १० साउन, मुगुमा शिशुको श’व फेला परेको छ । सदरमुकाम गमगढी बजार नजिकै छायानाथ रारा नगरपालिका-२ ट्राफिक प्रहरी कार्यालय नजिकै मृ’त अवस्थामा शिशुको श’व फेला परेको हो ।
अपराह्न ४ बजे तिर बेवारिसे शिशुलाई कुकुरले च्यापेर ल्याएको स्थानीले देखेपछि त्यस लगत्तै प्रहरीलाई खबर गरेका थिए । घ’टनाको जानकारी पाएलगत्तै प्रहरीले घ’टनास्थल पुगेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
प्रहरीका अनुसार मृ’त शिशुलाई कुकुरले घ’टना भएको स्थलबाट मुखमा च्यापेर ल्याएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । शिशुको श’व पोस्टमार्टमको लागि जिल्ला अस्पताल ठिनिमा राखिएको छ ।
घ’टनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी सुवास हमालले बताए ।





प्रतिक्रिया दिनुहोस