बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त प’क्रा’उ
461 Views
काठमाडौं, १० साउन, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसूर मु’द्दाका एक जना फरार अभियुक्तलाई प’क्रा’उ गरेको छ । प’क्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका-१७ घर भई हाल काठमाडौंको बाफलमा बस्ने ४२ वर्षीया निशा गुरुङ रहेकी छन् ।
सीआईबीको टोलीले गुरुङलाई काठमाडौंको टोखाबाट सोमबार पक्राउ गरेको हो । २०७९ साल वैशाख १३ गते उच्च अदालत पाटनले उनलाई बैंकिङ कसूर मुद्दामा ५ दिन कैद र २३ लाख १४ हजार २५० रुपैयाँ जरिवाना तोकेको थियो ।
पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस