रुपन्देहीमा दु’र्घट’नाबाट ९४ जनाले गुमाए ज्यान
374 Views
कारबाहीबाट हालसम्मकै उच्च ६ करोड ९१ लाख राजश्व
भैरहवा, १० साउन, ट्राफिक व्यवस्थापन र दु’र्घट’ना न्यूनीकरण गर्न ट्राफिक कार्यालयले विविध कार्यक्रम सञ्चालन गरे पनि दु’र्घ’टना र मृ’तकको संख्या घट्न सकेको छैन ।
चालकसँग ट्राफिक प्रहरी, चालकसँग एक मिनेट, अन द स्पट कारबाही, आफू बचौ अरुलाई बचाऔं, ट्रिपर हाइवा चेकजाँचका लागि टेंगो होटल, नम्बर प्लेट सुधार, सवारीसाधनलाई परिवर्तन गरी ध्वनि प्रदूषण गर्नेलाई कारबाही, छाडा पशु र सवारीसाधनमा रिफलेक्टरलगायतका अभियान रुपन्देही ट्राफिक प्रहरीले कार्यान्वयन गर्दै आए पनि एक वर्षमा एक सय ७२ वटा दु’र्घट’ना भएको छ । जसकारण ९४ जनाले ज्यान गुमाएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार यो तथ्यांक गत वर्षभन्दा बढी हो । वर्ष २०७७/७८ मा एक सय ६२ वटा दुर्घटना हुँदा ८२ जनाको ज्यान गएको थियो । अधिकांश दु’र्घट’ना बेलुका ६ बजेपछि मध्यरात १२ बजेको समयमा हुने गरेकाे कार्यालयले जनाएको छ । एक सय ७२ मध्ये सो समयमा ७२ वटा, दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म ५२ वटा र बिहान ६ देखि दिउँसो १२ बजेसम्म ३१ वटा दुर्घटना भएका छन् । सडकमा गुड्ने होस् या रोकिएको सवारीसाधनको व्यवस्थापन गर्नेदेखि लिएर सवारीसाधनको चेकजाँच गर्ने मुख्य काम ट्राफिक प्रहरीको हो ।
तथ्यांकअनुसार आव २०७६/७७ देखि २०७८/७९ सम्म पाँच सय२८ वटा दुर्घटना भएको छ । जसमध्ये चालकको लापरवाहीका कारण मात्रै दुई सय ४९, यात्रुको गल्तीबाट एक सय ४८ र तीव्र गतिबाट तीन सयव६ा दुर्घटना भएको छ । दु’र्घ’टना हुनेमा अधिकांश मोटरसाइकल छन् ।
दु’र्घट’नामा चार सय ५४ वटा माेटरसाइकल संलग्न छन् भने हलुका सवारीसाधन कार, जीप ६९ र ट्यांकर तथा ट्रक ७४, टिपर २५, बस ३४, ट्याक्टर ३७ र रिक्सा ४४ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक केशव केसीले बताए । पछिल्लो समय बढ्दो सवारी चाप, साँघुरो बाटो, क्षमताभन्दा बढी यात्रु बाक्ने,सडक निर्माणको अवस्था, मौसमका कारण, जीर्ण सडक र हरेक वर्ष सवारीसाधनको संख्या वृद्धि हुँदै जानुले दुर्घटना बढ्दै गएको केसीले बताए ।
‘दु’र्घ’टना तथा त्यसबाट हुने क्ष’ति न्यूनीकरणका लागि विभिन्न कार्य गर्दै आए पनि सडक सञ्जाल बिस्तारसँगै ट्राफिक नियम उल्लंघन, मादक पदार्थ खाएर सवारी चलाउनु चालकको लापरबाही, तीव्र गति, ट्राफिक शिक्षा नअपनाउने जस्ता कारणले सवारी दु’र्घ’टना बढी रहेको छ,’ उनले भने
चालकको गल्तीका कारण धेरै सवारी दु’र्घ’टना भएको अनुसन्धानले देखाएको छ । तीव्र गति (स्पिड) का कारण मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा, ओभरटेक गर्दा, यान्त्रिक गढबढी (ब्रेकफेल, स्टेयरिङ फेल) जस्ता कारण, यात्रुको गल्तीका कारण, सडक चौपाया र सडकको अवस्थाका कारणले पनि दु’र्घ’टना भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
गत वर्ष तीव्र गतिका कारण एक सय ५२ वटा दु’र्घट’ना हुँदा चालकको लापरबाहीले नाै दु’र्घट’ना भएको थियाे । यात्रुको गल्तीले तीन र यान्त्रिक गडवडीले दुईवटा दु’र्घट’ना भएको थियाे । गत आर्थिक वर्षमा कार्यालयका अनुसार एक सय ४८ मोटरसाइकल र स्कुटर दु’र्घ’टनामा परेका थिए ।
सवारी दु’र्घट’ना हुँदा घाइतेको संख्यामा पनि वृद्धि भएको छ । २०७६/०७७ मा एक सय ९४ वटा सवारी दु’र्घ’टना हुँदा ८० जनाको मृ’त्यु, ७८ जना गम्भीर घाइते र एक सय १५ जना साधारण घाइते भएका थिए । २०७७/७८ मा एक सय ६२ वटा दु’र्घट’नाबाट ८२ जनाको मृत्यु, एक सय १६ जना गम्भीर घाइते, ६८ जना साधारण घाइते भएका छन् । आर्थिक वर्ष ०७८/७९मा एक सय ७२ वटा दु’र्घ’टना हुँदा ९४ जनाको मृ’त्यु, एक सय ७१ जना गम्भीर घाइते र ५९ जना साधारण घाइते भएका छन् ।
अहिले स्थानीय र व्यवसायीलाई आफ्नै घर तथा व्यापारिक प्रतिष्ठान अगाडि पार्किङ गर्ने मानसिकताका कारण समस्या देखिँदै आएको छ । ठेला गाडादेखि, रिक्सा, इरिक्सा साइकल, मोटरसाइकल, कार, बस, मालबाहक ट्रक, जिप, भ्यान सबैको व्यवस्थापन मात्र नभई सडकमा हिँड्ने पैदलयात्रुहरूको व्यवस्थापनसमेत ट्राफिक प्रहरीले गर्नुपर्ने र आफूहरूसँग सीमित साधन स्राेत, जनशक्तिकै प्रयोगले काम गर्दै आएको कार्यालयले जनाएको छ ।
छाडा चौपाया र पार्किङ व्यवस्थापन चुनाैती
रूपन्देहीको मुख्य बजारहरूमा प्रमुख समस्याका रूपमा छाडा चौपाया र पार्किंङको ब्यवस्थापन रहेको देखिएको छ । चौपायालाई सडकतिर छाडेकाले पनि दु’र्घट’ना बढ्ने गरेको छ । त्यस्तै नगर क्षेत्रभित्र पार्किंङस्थलको अभावले चुनौती उत्पन्न भइरहेको छ । यी दुवै समस्यालाई पालिकाले समन्वय गरी समाधान गर्न सकिए पनि पालिकहरूले पनि चासो दिएका छैनन् । निश्चित ठाउँमा पार्किङको व्यवस्था गर्ने, छाडा चौपायलाई निश्चित ठाउँमा लैजाने, व्यावसायिक प्रतिष्ठान अगाडि पार्किङ अनिवार्य गर्ने मापदण्ड बनाउनुपर्ने, सडक तथा पेटी अतिक्रमण रोक्नुपर्ने, छाडा चौपायाको धनीलाई पहिचान गरी कारबाही गर्नुपर्नेलगायतका काम पालिकाले गरे मात्रै पनि दु’र्घ’टना केही हदसम्म कमी आउने सराेकारवालाहरू बताउँछन् ।





प्रतिक्रिया दिनुहोस