पसलमा आगो लगाएर फरार बनेका अभियुक्त प’क्राउ
584 Views
खोटाङ, ९ साउन, खोटाङमा पसलमा आगो लगाएर फरार बनेका अभियुक्तलाई प्रहरीले प’क्राउ गरेको छ । गत १ साउनमा दिक्तेल रुपाकोेट मझुवागढी नगरपालिका–१ दिक्तेल भवनगैराका व्यवसायी रेखा राईको किराना पसलमा आगो लगाउने दिक्तेल आचार्य गाउँका २७ वर्षीय जगत कालिकोटे प’क्राउ परेका हुन् ।
व्यस्त बजारबिचकै पसलमा आगलागी भएको घटनाका सम्वन्धमा सुक्ष्म अनुसन्धान गर्नेक्रममा कालिकोटेले आगो लगाएको खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका सुचना अधिकारी प्रहरी निरिक्षक शंकरप्रसाद चौधरीले बताए ।
अभियुक्तलाई प्रहरीले आइतबार दिक्तेलकै अस्पतालचोकमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारेर प’क्राउ गरेको हो । कालीकोटे बिरुद्ध अपराधिक उपद्रव (आगो लगाएको) कसुरमा मुद्धा दर्ता गरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
आगलागीमा चामल, दाल, तेल, बिस्कुट, चाउचाउ लगायतका उपभोग्य सामग्री जल्लदा अन्दाजी २६ लाख १६ हजार ९३० बराबरको क्षति भएको थियो ।





प्रतिक्रिया दिनुहोस