गुराँस लाइफ द्वारा २१ लाखको चेक हस्तान्तरण
580 Views
पोखरा । गुराँस लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेड क्षेत्रीय कार्यलय पोखरामा बिहिवार समारोहको आयोजना गरि २१ लाख दुई हजारको चेक हस्तान्तरण गरियो ।
कम्पनिको क्षेत्रीय कार्यलय पोखरामा २०७८ साल भदौ ३० गते २० लाख बिमाङ्कको जीवन बिमा गर्नुभएका पर्वत जिल्ला माहाशिला १, स्थाई घर भई हाल पोखरा १५ बस्ने राजु गुरुङ भन्ने यम प्रसाद गुरुङको २०७८ मंसिर ७ गते उपचारका क्रममा असामयिक निधन भएको हुंदा उहाँको धर्मपत्नी मोतिमाया गुरुङलाई कम्पनीका क्षेत्रीय प्रमुख हरि शर्मा पौडेल एवं बरिष्ठ क्षेत्रीय मार्केटिङ अधिकृत श्याम प्रसाद तिमिल्सिनाले सयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।
उक्त कार्यक्रममा बोल्दै क्षेत्रिय प्रमुख हरि शर्मा पौडेलले एक बत्तीले लाख बत्ती बाले जस्तै हरेक घरमा अभिकर्ताले जीबन बीमाको दियो बाल्नुपर्ने बताए।
सो कार्यक्रममा बरिष्ठ क्षेत्रीय मार्केटिङ अधिकृत श्याम प्रसाद तिमिल्सेनाले जीबन बीमाले ब्यक्तिनै फिर्ता ल्याउन नसकेपनि उसको आम्दानीलाई बचाइराख्न जीबन बीमामा लगानी गर्नुपर्ने कुरामा जोड दिएका थिए।
उक्त कार्यक्रममा कम्पनीका बरिस्ठ मार्केटिङ अधिकृत प्रकाश रेग्मी, अन्डरराईटिङ्ग बिभागमा कार्यरत् यमुना श्रेष्ठ, देबेन्द्र अधिकारी, त्यसैगरी सिनियर एजेन्सी मेनेजर (MDRT) कृष्ण बहादुर भट्टराई, सिनियर एजेन्सी मेनेजर लक्ष्मण भट्टराई, एजेन्सी मेनेजर बिनिता सुबेदी भण्डारी, एजेन्सी मेनेजर सुरेन्द्र मोहन अधिकारी, एजेन्सी मेनेजर गणेश कुमार श्रेष्ठ, साथै अभिकर्ता गौमती गुरुङ, अभिकर्ता शान्ता खाँण लगायतको उपस्थिति रहेको थियो।





प्रतिक्रिया दिनुहोस