तरुण दल बाँफिकोट अध्यक्षले पालिकाका प्राविधिक कुटे
452 Views
सुर्खेत, ४ साउन, नेपाली कांग्रेस निकट युवा संगठन नेपाल तरुण दल बाँफिकोट गाउँपालिका रुकुम पश्चिमका अध्यक्ष राजु शाहीले बाँफिकोट गाउँपालिकाका प्राविधिकमाथि कु’टपि’ट गरेका छन् । कार्यालय समयमा, कार्यकक्षमै सव इन्जिनियर दिपक शाहमाथी उनले कु’टपि’ट गरेका हुन् ।
गाउँपालिका अध्यक्ष जनकुमार बाँठा मगरकै अघि शाहीले कु’टपि’ट गरेको शाहको आरोप छ । प्राविधिकमाथि कु’टपि’ट हुँदा पनि अध्यक्ष बाँठा मुखदर्शक बनेको भन्दै कर्मचारी आ’क्रोशित बनेका छन् । कर्मचारीमाथि कु’टपि’ट गर्ने शाहीलाई इलाका प्रहरी कार्यालय बाँफिकोटले नियन्त्रणमा लिएको छ ।
उनलाई थप कारबाहीका लागि जिल्ला पठाउने तयारी भइरहेको प्र’हरीले बताएको छ । आफूमाथि कु’टपि’ट भएपछि पीडित शाहले कारबाहीका लागि निवेदन दिएका छन् । आफू गरेको कामको मूंल्याकन नगरिदिएको भन्दै प्राविधिक शाहमाथि शाहीले कु’टपि’ट गरेको अरु कर्मचारीले बताएका छन् ।





प्रतिक्रिया दिनुहोस