काठमाडौँको जोरपाटीमा निस्कियो अनौठोको ग्यास(तस्विर सहित)
626 Views
रजनी तामाङ्ग,
काठमाडौँ, साउन ३ खोज मिडिया । बोरिङ्ग खन्दा काठमाडौँ को जोरपाटीमा ग्यास निस्किएको छ । त्यस वरपर आ’गो नबाल्न प्रहरीको आग्रह गरेको छ ।
राजधानीको जोरपाटी स्थित चामुण्डामा ग्यास निस्किएको छ । स्थानीय सन्तबिर लामाको घरमा बोरिङ्ग खन्ने क्रममा माटोको लेदो र पानी सहितको फोहोर निस्किएको प्रहरी वृत्त बौद्धले जनाएको छ ।


आज साउन ३ गते मद्ध्यान्न तिर निस्केको उक्त फोहोर अहिले पनि निरन्तर रहेको जनाएको छ । उक्त फोहोर करिब ५० मिटर माथि सम्म पुगेको छ । हिजो दिउसो बोरिङ्ग खन्ने क्रममा ३२० फिट मुनिको जमिन भेटेपछि आज पाईप हाल्ने क्रममा ग्यास निस्किएको स्थानीयले बताएका छन् ।






स्थानीयका अनुसार २५० को फेरोमा खन्नु पर्ने बोरिङ्ग ३२० फिट तल बढी भएर उक्त ग्या’स निस्किएको बताइएको छ । प्रहरीले सम्भावित दु’र्घट’नालाई मध्यनजर गर्दै त्यस क्षेत्र वरपर आ’गो न’बाल्न आग्रह गरेको छ । यस बारे अध्यन गर्न प्रहरीले खानी विभागका अधिकारिहरुलाई बोलाईएको छ । वरपरका घर आगन बालुवा र माटोले ढाकिएको छ ।








माटो र बालुवाको लेदो आकाश तर्फ उड्दा वरपरका घरहरुमा हिलो र लेदो भरिने बाहेकको थप क्षेति नभएको प्रहरी वृत्त बौद्धका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस