रुपन्देहीमा बढ्दै को’भिड सं’क्रम’ण, मारमा स्वास्थ्यकर्मी र विद्यार्थी
610 Views
भैरहवा, ३ साउन, रुपन्देहीमा शून्य अवस्थामा झरेको काे’राेना सं’क्र’मण पछिल्लो समय निरन्तर बढी रहेको छ । असारको तेस्रो साताबाट यहाँ सं’क्र’मण दर निरन्तर बढीरहेकाे छ ।
जिल्लामा हाल २४ जना सक्रिय सं’क्र’मित छन् । सोमबार भैरहवास्थित पक्लिहवा कृषि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूमा कोभिडको लक्षण देखिएपछि गरिएको एन्टिजेन परिक्षणमा ११ जनामा सं’क्रम’ण पुष्टि भएको छ ।
यस्तै, सिद्धार्थनगर नगरपालिकाको स्वास्थ्य शाखा निमित्त प्रमुख गीता पोखरेललाई पनि संक्रमण भएको छ, उनको परिवारमा चेकजाँच गर्दा थप तीन जनामा सं’क्र’मण पुष्टि भएको छ ।
बेलहियास्थित हेल्थ डेस्कमा गरिएको परीक्षणमा पनि नाै जनामा सं’क्र’मण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोभिड फोकल पर्सन तथा भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए । सीमामा देखिएका संक्रमित सबै भारतीय नै हुन् । सक्रिय संक्रमितहरू तिलोत्तमा, सिद्धार्थनगर र बुटवलका रहे पनि सबै होम आइसाेलेसनमा छन् ।
शाहका अनुसार रुपन्देहीमा हाल सम्म २ लाख १३ हजार ७ सय ६२ जनामा गरिएको परीक्षणबाट ३८ हजार ३ सय ५१ जनामा सं’क्रम’ण पुष्टि भएको छ । सं’क्र’मितमध्ये नाै सय ५४ जनाको मृ’त्यु भएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक शाहले जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस