नुवाकोटमा टिपर दु’र्घट’ना हुँदा एक जनाको मृ’त्यु, पाँच जना घाइते
446 Views
नुवाकोट, १ साउन, नुवाकोटको ककनी गाँउपालिका–१ महालक्ष्मीस्थान स्थित भित्री सडकखण्डमा गएराती टिपर दु’र्घ’टना हुँदा एक जनाको मृ’त्यु भएको छ । दु’र्घ’टनामा पाँच जना घाइते भएका छन् ।
मृ’त्यु हुनेमा टिपरमा सवार ककनी गाँउपालिका–१ की अन्दाजी ३२ बर्षीया बसन्ती बलामी रहेकी छन् । बलामीको घटनास्थलमै मृ’त्यु भएको प्रहरीले जनाएको छ ।
दु’र्घट’नामा घाइते भएका सबैलाई उपचारको लागी काठमाडौं तर्फ ल्याइएको छ । घाइते मध्ये ट्रिपरमा सवार ककनी गाँउपालिका–१ का अन्दाजी ३० बर्षीय विष्णु बलामीको अवस्था गम्भीर रहेको छ ।
महालक्ष्मीस्थाबाट तरकारी लिएर काठमाडौं आउदै गरेको बा ४ ख ३७२८ नम्बरको टिपर गएराती पौने ३ बजे सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो । टिपर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी चौकी ओखरपौवा नुवाकोटले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस