तुइन समस्या समाधानमा जनप्रतिनिधि गम्भिर नभएकोप्रति हर्कराजको कडा प्रश्न
739 Views
धरान, असार ३०, धरान उपमहानगरपालिका धरानका नगर प्रमुख हर्कराज राईले नेपालको तुइन समस्या समाधानमा जनप्रतिनिधि गम्भिर नभएकोप्रति कडा प्रश्न गरेका छन्। उनले सामाजिक संजाल फेसबुक पेज मार्फत सम्बन्धित जनप्रतिनिहरुलाई लक्षित प्रश्न गरेका थिए ।
धरानका नगर प्रमुख राईले तुइन समस्या सर्वसाधारणको बाध्यता देखाउदै एक तस्विर सार्वजनिक गर्दै उनले यस विषयमा कडा आपत्ती जनाएका हुन् ।
उनी लेख्छन् ‘यो क्षेत्रका जनप्रतिनिधिहरु ज्युँदैछन कि मरिसके? बेस्सरी गाली गर्नु मन लाग्छ यस्तो देख्दा, तर के गर्नु फेरि कुल्ली मेयर भनेर नाम पाएको छु । त्यसमा अराजक कुल्ली मेयर भनेर संशोधन होला भन्ने पिर !’

उनले सार्वजनिक गरेका फोटोमा एक महिला बर्षे भेल ठुलो खोलामाथि तुइनमा झुडिएर जोखिमपूर्ण यात्रा गरिरहेको देखिन्छ । विशेष गरी नेपालको सुदुरपश्चिम र कर्णालीका जनतामा तुइनमा यात्रा गर्न बाध्य छन् । लामोसमय यही मुद्धालाई चुनाव नारा बनाएका नेताहरुले चुनाव जितिसकेपछि वेवास्ता गर्दै आएका छन्।

यो तुईन विस्थपन नहुदा बर्षेनी निर्दोष जनताले अनाहकमा सर्वसाधरणहरुले ज्यान गुमाउनु परिरहेको छ। तुइन समस्यामाथि राज्यको गम्भीरता देखिदैन। नेपालबाट तुइन विस्थापन गर्नका लागि विभिन्न समयमा आवाज उठे पनी दीर्धकालिन समस्य समाधान भने हुन सकेको छैन।
नोट : khozmedia.com मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह, सुझाव र समाचार प्रकाशित गर्नुपरेमा वा, बिज्ञापन दिनुपरेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ। हामीसँग फेसबुक, यूट्यूब तथा भाईबर, whatsapp, viber मा पनि जोडिन सक्नुहुन्छ।
खोज मिडिया फेसबुकमा पनि जोडीनुहोस।





प्रतिक्रिया दिनुहोस