१४ वर्षीया बालिका ब’लात्कार प्रयास आरोपमा वडाध्यक्ष प’क्राउ
392 Views
काठमाडौं, २९ असार, ब’लात्कार प्रयास आरोपमा मकवानपुरको कैलाश गाउँपालिका–९ का वडाध्यक्ष प’क्राउ परेका छन् । कैलाश- ९ का वडाध्यक्ष भुवनसिं घलानलाई प्रहरीले प’क्राउ गरेको हो ।
१४ वर्षीया बालिकाले ब’लात्कारको प्रयास गरेको जाहेरी शुक्रबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दर्ता गरेपछि घलानलाई प’क्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय हेटौंडाका घलानलाई शुक्रबार नै प’क्राउ गरिएको हो । १८–१९ मा हेटौंडामा आयोजित राष्ट्रपति रनिङ सिल्डमा आएकी कैलाश गाउँपालिका–९ मा रहेको कालिका माविमा अध्ययनरत छात्रामाथि घलानले ब’लात्कार प्रयास गरेको आरोप छ ।
किशोरीले दिएको जाहेरीमा आफूसहित साथीहरू बसेको होटेलको कोठामा मध्यरातमा आएर वडाध्यक्ष घिसिङले आफूमाथि ब’लात्कार गर्न खोजेको आरोप लगाएकी छन् ।





प्रतिक्रिया दिनुहोस