छुरा प्रहार गरी साथीको ह’त्या गरेको अभियोगमा तामाङ प’क्राउ
362 Views
सुनसरी, २८ असार, बराहक्षेत्र नगरपालिका–६ मुनाल चोक बस्ने ४० वर्षीय आषिश दर्जीको ह’त्या गरेको अभियोगमा प्रहरीले एक जनालाई प’क्राउ गरेको छ ।
प’क्राउ पर्नेमा सोही ठाउँ बस्ने २५ वर्षीय सबिन तामाङ छन् । उनलाई सोमबार राति प्रहरीले प’क्राउ गरेको हो ।
मादक पदार्थ सेवन (मापसे) गरी उनीहरूबीच झैं–झगडा हुँदा सबिनले आशिषलाई छातीमा छुरा प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
घाइतेलाई उपचारका लागि घोपा अस्पताल धरान पठाएकोमा उपचारको क्रममा उनको मृ’त्यु भएको हो ।
घ’टनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





प्रतिक्रिया दिनुहोस