थानकोटमा किशोरीलाई ब’लात्कार गरी फरार रहेका टिपर चालक प’क्राउ
596 Views
काठमाडौं, २८ असार, एक जना १७ वर्षीया किशोरीलाई ब’लात्कार गरी फरार रहेका टिपर चालकलाई प्रहरीले प’क्राउ गरेको छ ।
प’क्राउ पर्नेमा दोलखा गौरीशंकर गाउँपालिका–८ घर भएका रा.१ ख २७३४ नम्बरको टिपरका चालक ३२ वर्षीय ज्ञान बहादुर नेपाली छन् । उनलाई शनिबार प’क्राउ गरिएको प्रहरीले जनाएको छ ।
दोलखाबाट काठमाडौंतर्फ आउँदै गरेको उक्त टिपरमा चढि आएकी ती किशोरीलाई घर पु¥याइदिने बहाना बनाई चन्द्रगिरी नगरपालिका–७ थानकोटमा पार्किङ गरी चालकले शुक्रबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ ।
ब’लात्कार गरेपछि चालक टिपर समेत छाडी फरार भएका थिए ।
प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त कार्यमा संलग्न उनलाई काठमाडौं महानगरपालिका–१४ कलंकीबाट प’क्राउ गरेको हो ।
उनीमाथि जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति प्राप्त भई करणी सम्बन्धी कसुर अन्तर्गत आवश्यक अनुसन्धान भइरेको छ ।





प्रतिक्रिया दिनुहोस