भाउजुलाई खुकुरी हा’न्ने देवर प’क्राउ
420 Views
काठमाडौं, २७ असार, भाउजुमाथि खुकुरी प्रहार गर्ने देवर प’क्राउ परेका छन् । जग्गाको अशंबण्डामा विवाद हुँदा रुकुम पश्चिममा देवरले भाउजुलाई खुकुरी प्र’हार गरेका थिए ।
त्रिवेणी गाउँपालिका १ रुँघाका ३६ वर्षीय देउकुमार खड्काले ३७ वर्षीया आफ्नै भाउजु दिलसरा बोहरा खड्कालाई आइतबार राति खुकुरी प्र’हार गरेका थिए । उनलाई प्रहरीले सोमबार प’क्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक बिष्णुप्रसाद सोतीले आइतबार राति जग्गा अंशबण्डाको विषयमा झगडा हुँदा देउकुमारले आफ्नै भाउजु दिलसरालाई खुकरी हानेका थिए ।
घ’टना लगत्तै स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी चौकी सिम्रुतु र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी पठाएर खड्कालाई नि’यन्त्रणमा लिएको हो ।
घा’इते दिलसराको अवस्था गम्भीर छ । उनलाई थप उपचारको लागि सोमबार नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर रिफर गरिएको छ ।





प्रतिक्रिया दिनुहोस