जडीबुटी खादा अछाममा एकको मृ’त्यु, एक ग’म्भीर बिरामी
430 Views
अछाम, २७ असार, अछाममा जडीबुटी खाँदा एक जनाको मृ’त्यु भएको छ । जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ४ का ४२ वर्षीय गणेश खत्रीको मृ’त्यु भएको हो ।
जडीबुटी खाँदा अर्का एक जना ग’म्भीर बिरामी भएका छन् । ग’म्भीर बिरामी हुनेमा साँफेबगर नगरपालिका वडा नम्बर ७ का २९ वर्षीय किशोर भाट रहेका छन् ।
कुनै बिरामी नभएका दुवै जनाले हातखुट्टाको दुखाइ सन्चो हुन्छ भनेर सो जडीबुटी खादा गम्भीर बिरामी भएपछि उपचारका लागि बयालपाटा अस्पताल ल्याइएको थियो । उपचरको क्रममा मृ’त्यु भएको मृ’तकका भाइ विनोद खत्रीले जानकारी दिए ।
गम्भीर बिरामी भाटको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ । मृ’तकको पोस्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसैन पठाएको बयालपाटा अस्पतालले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस