ड्रममा राखेको पानीमा डु’बेर बालिकाको मृ’त्यु
457 Views
सर्लाही, २२ असार, आफ्नै घरकाे ड्रममा राखेको पानीमा डु’बेर सर्लाहीको हरिवनमा एक बालिकाको ज्या’न गएको छ । हरिवन नगरपालिका–२, निवासी बिजय महतोकी छोरी २ वर्षीया अनुषा महतोको आँगनमा खेल्ने क्रममा ड्रमको पानीमा डु’बेर ज्या’न गएको हो ।
ड्रमको पानीमा डु’बेर अचेत बनेकी बालिकालाई तत्काल हरिवनस्थित नमुना अस्पताल पुर्याएपछि चिकित्सकले मृ’त घो’षणा गरेका ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको हो ।
घटनालगतै पुगेको प्रहरी टोलीले घटना स्थलको मुचुल्का तयारी गरी श’व परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको थियो । श’व परीक्षणपश्चात आफन्तको जिम्मा लगाइएको र घ’टनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जनाकारी दिए ।





प्रतिक्रिया दिनुहोस