लालध्वज ह’त्या प्रकरण: चार जनालाई जन्मकैद
508 Views
बारा, २२ असार, बाराको अमलेखगंजमा भएको ह’त्या प्रकरणमा चार जनालाई अदालतले जन्मकैद फैसला सुनाएको छ ।
निजगढ नगरपालिकाका लालध्वज लामा ‘सानू’ को हत्या आरोपमा बारा जिल्ला अदालतले केशवराज शिवाकोटी,बन्दना लामा, ‘संजय’ भनिने चक्रबहादुर तामाङ र जोखबहादुर स्याङतानलाई जन्मकैदको सजाय सुनाएको हो ।
न्यायाधीश सुमनकुमार न्यौपानेको इजलासले मंगलबारको इजलाशले यस्तो फैसला सुनाएको हो ।
२१ असार ०७७ मा अमलेखगंजस्थित ससुराली घरबाट बेपत्ता भएका लालध्वजको सोही असार २८ मा थानीमाई सामुदायिक वनको सिसौघारी जंगलमा मृ’त फेला परेका थिए ।





प्रतिक्रिया दिनुहोस