मुस्ताङको एक रेष्टुरेन्टमा १६ वर्षीया किशोरी ब’लात्कृत
560 Views
मुस्ताङ, १६ असार, मुस्ताङमा १६ वर्षीया किशोरी ब’लात्कृत भएकी छन् ।
उनलाई ब’लात्कार गरेको अभियोगमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागवेनी बस्ने शेरथाङ सेल्फी डाडाँस्थित थेसाङ सेल्फी रेष्टुरेन्टका संचालक ३२ वर्षीय दिन्डुक छिरिङ गुरुङलाई बुधबार प्रहरीले प’क्राउ गरेको छ ।
ती किशोरीलाई सोही रेष्टुरेन्टमा गुरुङले ब’लात्कार गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





प्रतिक्रिया दिनुहोस