जीप दु’र्घटनामा चालक र सहचालकको मृ’त्यु
347 Views
सुर्खेत, ५ असार, रुकुम पश्चिमको आठविसकोट नगरपालिका-११ चिसापानी नजिकै जीप दु’र्घटना भएको छ । राडीबाट रिम्नातर्फ जाँदै गरेको ग १ ज १८९७ नम्बरको जीप शनिबार साँझ दु’र्घटनामा परेको हो ।
दु’र्घटनामा जीप चालक र सहचालकको मृ’त्यु भएको इलाका प्रहरी कार्यालय आठविसकोटले जनाएको छ । चालक बाँफिकोट गाउँपालिका-८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका-११ का कमल खड्काको ज्यान गएको हो ।
प्रहरीका अनुसार जीप अनियन्त्रित भएर भेरी ननीमा खसेको थियो ।





प्रतिक्रिया दिनुहोस