सवारी दु’र्घटनामा दुई जनाको मृ’त्यु
685 Views
काठमाडौं, ३१ जेठ, झापा र नवलपरासी (पूर्व)मा भएको सवारी दु’र्घटनामा दुई जनाको मृ’त्यु भएको छ ।
झापाको गौरादह नगरपालिका–१ सितापुरी चोकमा मे.१ त ७४३१ नम्बरको ट्रयाक्टरको ठक्करबाट एक जनाको मृ’त्यु भएको छ ।
मृ’त्यु हुनेमा सोही ठाउँ बस्ने राम प्रसाद अधिकारीको ९ वर्षीय छोरा गौरव अधिकारी रहेका छन् । उनको सोमबार साँझ मृ’त्यु भएको प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको दमक अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी(पूर्व)को देवचुली नगरपालिका–११ पृथ्वीनगर चोकमा लु.१७ प ५३६१ नम्बरको मोटरसाइकल र लु.४ त ४५१६ नम्बरको ट्रयाक्टर सोमबार राति ठोक्किँदा एक जनाको मृ’त्यु भएको छ ।
मृ’त्यु हुनेमा मोटरसाइकल चालक देवचुली नगरपालिका–४ बस्ने ३२ वर्षीय राजकुमार थापा रहेका छन् ।
दु’र्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृ’त्यु भएको हो । दु’र्घटनामा घाइते भएका एक जनाको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ । ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





प्रतिक्रिया दिनुहोस