कोटेश्वरमा मिनी ट्रकको ठक्करबाट एक जनाको मृ*त्यु
332 Views
काठमाडौं, ३० जेठ, काठमाण्डौको कोटेश्वरमा गएराती मिनि ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृ*त्यु भएको छ ।
मृ*त्यु हुनेमा पाँचथरको मिक्लाजुङ गाँउपालिका–५ घर भई हाल काठमाडौंको काडाँघारी बस्ने अन्दाजी ३४ बर्षीया सम्झना राई रहेकी छिन् ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी राईको महाराजगंज स्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा राती सवा १० बजे मृ*त्यु भएको हो ।
कोटेश्वरबाट जडिबुटी तर्फ जादै गरेको ना ५ ख २८१९ नम्बरको मिनी ट्रकले सोही दिशा तर्फ जाँदै गरेको बा ७१ प ३०५४ नम्बरको मोटरसाइकललाई गएराती पौने १० बजे ठक्कर दिएको थियो ।
दुवै सवारी साधन र चालकलाई प्रहरी प्रभाग कोटेश्वरले नि*यन्त्रणमा लिएको छ ।





प्रतिक्रिया दिनुहोस