मोटरसाइकल दु*र्घटना हुँदा एक भारतीय नागरिकसहित २ जनाकाे मृ*त्यु
377 Views
बारा, ३० जेठ, बाराको महागढीमाई नगरपालिका-८ हुलाकी राजमार्ग सडक खण्डस्थित थलही पुलमा मोटरसाइकल अनियन्त्रित भई दु*र्घटना हुँदा एक भारतीय नागरिकसहित दुई जनाको मृ*त्यु भएको छ । मृ*त्यु हुनेमा सुर्वण गाँउपालिका ७ का ३५ वर्षीय बिरुलाल यादव र मोतिहारी पूर्वी चम्पारण समरपुर वडा नं. २ मा बस्ने ३० वर्षीय भारतीय नागरिक मेवा चन्द्र राय यादव रहेका छन् ।
आइतबार राति करिब ११ बजे प्र ०२–०३–००४ प ७९३४ नम्बरको मोटरसाइकल बरियारपुरबाट लंगडाचोक जाँदै गर्दा अनियन्त्रित भई दु*र्घटना भएको थियो । प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भई थलही पुलबाट २५ फिट तल खसेको थियो ।
दु*र्घटनामा ग*म्भीर घा*इते दुबैलाई तत्काल उपचारका लागि कलैयामा रहेको जिल्ला अस्पताल कलैयामा लगिएको थियो । जिल्ला अस्पताल कलैयामा उपचारको क्रममा मृ*त्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । उनका अनुसार घ*टनाबारे अनुसन्धान भइरहेको छ ।





प्रतिक्रिया दिनुहोस