भक्तपुरमा फर्माले हानेर एक जनाको ह*त्या, चारजना प*क्राउ
460 Views
भक्तपुर, २९ जेठ, भक्तपुरमा एक जनाको ह*त्या भएको छ । मध्यपुरथिमि नगरपालिका–८ बोडेमा स्थानीय ५१ वर्षीय कल्याण साहुको आइतबार ह*त्या भएको हो ।
काठको फर्माले हानेर ह*त्यामा साहु फेला परेका थिए । ह*त्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई प*क्राउ गरेको छ । काठको फर्माले हानेर हत्या गरेको अवस्थामा बोडेको लर्ड बुद्ध स्कुल अगाडि निर्माणाधीन टहरामा साहुको शव भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए । घ*टनास्थलबाट र*गताम्मे फर्मा पनि बरामद गरेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस