चार जना मृ’त अवस्थामा फेला
490 Views
काठमाडौं, २९ जेठ खोज मिडिया । भक्तपुर, पर्सा, रुपन्देही र नुवाकोटमा चार जना मृ’त अवस्थामा फेला परेका छन् ।
भक्तपुरको मध्यपुरथिमी नगरपालिका–८ बोडेस्थित निर्माणाधिन टहरामा सोही ठाउँ बस्ने ५१ वर्षीय कल्याण साहु आइतबार मृ’त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
पर्साको जगरनाथपुर गाउँपालिका–६ स्थित औराहा नारा खोल्सीमा बहुदरमाई नगरपालिका–२ सिसिया बैरिया बस्ने ४० वर्षीय राजेश राम शनिबार मृ’त अवस्थामा फेला परेका छन् ।
रूपन्देहीको बुटवल उपमहानगरपालिका–४ स्वर्गद्वारीपथ डेरा गरी बस्ने कास्की घर भएका ४१ वर्षीय आइते दमाई आफ्नै कोठामा आइतबार मृ’त अवस्थामा फेला परेका छन् ।
नुवाकोटको ककनी गाउँपालिका–१ सिमटार बस्ने ६० वर्षीय काले कामी सोही ठाउँस्थित कोही नबस्ने कच्ची घरमा आइतबार मृ’त अवस्थामा फेला परेका छन् । सबै घ’ट’नाका सम्बन्धमा प्र’हरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





प्रतिक्रिया दिनुहोस