बैतडीमा जीप दु*र्घटना, १ जना घाइते
635 Views
बैतडी, २८ जेठ, बैतडीको पाटन पञ्चेश्वर सडकखण्डमा जिप दु*र्घटनामा परेको छ । मेलौलीबाट पाटनतर्फ जादैँ गरेको सु.प.प्र.०१ ००१ च ३१२५ नम्बरको (टाटासुमो) जिप पाटन ६ को मेल्तडा खोलामा दु*र्घटना परेको हो ।
इलाका प्रहरी कार्यालय पाटनका अनुसार दु*र्घटनामा परी एक जना घाईते भएका छन् । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भईरहेको छ । घाइतेको परिचय खुलेको छैन ।
खोलामा हालिएको साघुँरो पुलबाट गाडीखस्नगई दु*र्घंटनामा परेको प्रहरीले जनाएको छ । खोलामा हालिएको पुल साँघुरो भएका कारण दु*र्घटना भएको आशंका गरिएको छ ।
दु*र्घटनाबारे थप अनुसन्धान भईरहेको छ ।





प्रतिक्रिया दिनुहोस