महोत्तरीमा मोटरसाइकल दु*र्घटना हुँदा एक जनाको मृ*त्यु
478 Views
महोत्तरी, २७ जेठ, महोत्तरीको बर्दिबास नगरपालिका–३ कारेभोगटे पुलमा हिजो साँझ मोटरसाइकल दु*र्घटना हुदा एक जनाको मृ*त्यु भएको छ । दु*र्घटनामा एक जना गम्भीर घा*इते भएका छन् ।
ना ५४ प ८९५४ नम्बरको मोटरसाइकल हिजो साँझ पौने ७ बजे अनियन्त्रित भइ पल्टिएको थियो ।
दु*र्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडी सवार सर्लाहीको ईश्वरपुर नगरपालिका–३ का २६ वर्षीय सुर्य कुमार मिस्त्रीको उपचारका क्रममा बर्दिबास स्थित जनसेवा अस्पतालमा मृ*त्यु भएको हो ।
घाइते भएका मोटरसाइकल चालक २५ वर्षीय निरज मिस्त्रीको सोही अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस