दिक्तेलबजारमा सवारी दु’र्घ’ट’नाको त्रा’स बढ्दो
358 Views
खोटाङ,जेष्ठ २६ खोज मिडिया । बाइकको ठक्करबाट राप्रपा नेता जीवन श्रेष्ठको नि’ध’न भएपछि खोटाङको दिक्तेलबजारमा सवारी दु’र्घ’टनाको त्रा’स बढेको छ । २० जेठमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्क जिरोप्वइन्टबाट बजारभित्र प्रवेश गरेको प्रदेश १-०५-००१ प ६८३७ नम्बरको बाइकले ठक्कर दिँदा ग’म्भीर घा’इते भएका श्रेष्ठको न्युरो अस्पताल काठमाडाैँमा उपचारका क्रममा २२ जेठमा नि’ध’न भएपछि दिक्तेलबजारमा सवारी दु’र्घट’नाको त्रास बढेको हो ।
विशेषगरी दिक्तेलबजारमा विद्यालय जाने बालबालिकालाई सवारीसाधनको ठ’क्क’रबाट जोगाउने सुरक्षा चुनौती थपिएको छ । बिहान विद्यालय जाने र बेलुका विद्यालयबाट फर्कनेक्रममा बालबालिकालाई अनियन्त्रित गतिमा कुदाइने सवारीसाधनले जुनसुकै बेला ठ’क्कर दिने ख’त’रा बढ्दो रहेको अभिभावक एवं जसपाका नेता नविन राईले बताए ।
दिक्तेलबजारमा सवारी दु’र्घ’ट’नाको त्रास पहिल्यैदेखि थियो, त्यसमाथि पछिल्लो दु’र्घट’नाले थप त्रा’स बढाएको हो । बाइकको ठ’क्क’रबाट नेता श्रेष्ठको नि’ध’न भएपछि निजी विद्यालयका अधिकांश अभिभावकले बालबच्चालाई डोर्याउँदै विद्यालय पुर्याउन र ल्याउन थालेका छन् । ट्राफिक प्रहरीले किराँतचोकमा बसेर सवारी चेक गर्नेगरेको भए पनि बजारभित्र प्रवेश गर्ने सवारी साधनको गतिका विषयमा निगरानी गर्नुपर्ने नेता राई बताउँछन् । बजार क्षेत्रमा सवारी साधनको गति कम गर्ने र विद्यार्थीको आवतजावत हुने समयमा सवारी साधन प्रवेशमा कडाइ गर्न सके सवारी दु’र्घ’ट’ना न्युनीकरण गर्न सकिने अभिभावक बताउँछन् ।
हुन त यसअघि दिक्तेलबजारमा भएका सवारी दु’र्घ’टना लगत्तै समय तोकेर बजार क्षेत्रमा मालबाहक तथा यात्रुबाहक सवारी साधन प्रवेशमा रोक लगाइएको थियो । तर, बजार क्षेत्रमा सवारी साधन प्रवेशमा गरिएको कडाई दु’र्घट’नाको मिति पर सरेसँगै फितलो हुँदै गएको हो । १ जेठ २०६९ दिक्तेलबजारमा ट्याक्टरले किच्दा माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका छात्र अनुप राईको मृत्यु भयो । भोलिपल्ट उद्योग वाणिज्य संघको आह्वानमा बसेको यातायात व्यवसायी तथा तत्कालिन दिक्तेल गाबिसको बैठकले दिक्तेलबजारमा दैनिक बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सबै खालका सवारी साधनलाई प्रबेशमा रोक लगाउने निर्णय गर्यो
ठूला मालबाहक गाडीलाई पूर्णरुपमा बजार प्रवेश निषेध गरिए भने बजारक्षेत्रमा सवारी साधनभित्र गीत बजाउन पनि निषेध गर्ने निर्णय गरिएको थियो । ट्याक्टरले बालकलाई किचेपछि प्रहरीले पनि दिक्तेल बजारमा सवारी साधनलाई प्रवेश गर्न निषेध गरेको थियो । तर, सो निर्णय केही समय कार्यान्वयनमा आएपछि क्रमशः उल्लंघन हुँदै गएको थियो ।





प्रतिक्रिया दिनुहोस