जनप्रनिधिलाई रेन्वोको सम्मान, बधाई तथा शुभकामना
739 Views
पोखरा,२्५ जेठ । रेन्वो एकेडेमिक होम्स् पोखरा–१५ ले आफ्ना वडाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई विद्यालयमा एक समारोहकाबीच सम्मान,बधाई तथा शुभकामना ज्ञापन गरेको छ ।
अध्यक्ष तोरणबहादुर बानियाँ,दलित महिला सदस्य एवं पोखरा महानगरपालिका कार्यपालिका सदस्य मन्दिरा परियार,महिला सदस्य सेतीमाया गुरुङ्ग,सदस्यहरु बलराम पौडेल र आशिष भण्डारीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशीलराज पराजुली,प्राचार्य बाबुराम बराल,सह–प्राचार्य खेम ढकाल र विद्यालयकी शैक्षिक प्रमुख प्रेमा दर्शना र विद्यार्थीहरुको तर्फबाटसमेत सम्मान,बधाई तथा शुभकामना प्रदान गरिएको थियो ।
कार्यक्रममा सम्मानित नवनिर्वाचित वडाध्यक्ष तोरणबहादुर बानियाँले विगतदेखि नै विद्यालयले वडामा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गर्दै आएकोमा यसपटक आफू र आफ्नो समूह सम्मानित हुन पाएकोमा खुशी लागेको बताउँदै आफ्नो कार्यकालमा विद्यालयसँग मिलेर विभिन्न शैक्षिक गतिविधि सञ्चालन गर्ने जानकारी गराए । आफ्नो वडाका कुनै पनि बालबालिका शिक्षाको घामबाट वञ्चित हुन नदिने र छात्रवृतिमार्फत सबैलाई शिक्षाको पहुँच सरल र सहज बनाउने योजना रहेको सुनाए ।
विद्यालयका प्राचार्य बाबुराम बरालको सञ्चालन रहेको कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशीलराज पराजुलीले गरेका थिए ।





प्रतिक्रिया दिनुहोस