न्युरोडमा युवकको मृ*त्यु कुकुरसहित प्रहरी टोली अनुसन्धानमा
763 Views
काठमाडौं, २५ जेठ, काठमाडौं महानगरपालिका–२४, न्युरोडस्थित रञ्जना गल्लीमा युवक मृ*त फेला परेको घटनाको अनुसन्धानमा प्रहरी टोली जुटेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका अप*राध अनुसन्धान कार्यालय, प्रहरी परिसर काठमाडौंसँगै केन्द्रीय अनुसन्धान ब्युरोको टोली घ*टनाको अनुसन्धानमा जुटेको हो ।
युवकको ह*त्या कि स्वाभाविक मृ*त्यु भन्नेबारे प्रारम्भिक रुपमा यकिन गर्न नसकिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) दिनेशराज मैनालीले बताए ।
‘ह*त्या नै भएको आशंका पनि गरी नहालौँ । यसले आतंक फैलाउँछ । अहिले घ*टनाको अ*नुसन्धानमा प्रहरी टोली संलग्न छ । हामीले कुकुर पनि परिचालन गरेका छौँ’ प्रारम्भिक रूपमा हामीले कसरी मृ*त्यु घ*टना भयो ? यसबारे यकिन भन्न सकिने अवस्था छैन ।’
अर्धचेत अवस्थामा टेकु घर भएका ३४ वर्षीय सुरेन महर्जन बिहान करिब ७ बजे फेला परेको भन्दै प्रहरीलाई स्थानीयले खबर गरेका थिए ।
प्रहरी टोली घट*नास्थल पुगिसक्दा महर्जनको मृ*त्यु भइसकेको प्रहरी प्रवक्ता मैनालीले बतँए ।





प्रतिक्रिया दिनुहोस