तारा एयरको विमान दुर्घटना:२२ जना श’वको पोस्टमार्टम सकियो
625 Views
काठमाडौँ, जेष्ठ १९ खोज मिडिया । तारा एयरको विमान दु’र्घट’नामा ज्यान गुमाएका सबै २२ जनाको श’वको पोस्टमार्टम गर्ने काम सकिएको छ । ‘
पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा सो विमान दु’र्घ’टना भएको थियो । दु’र्घट’नामा ज्यान गुमाएका चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा दुई जना जर्मन नागरिकले ज्यान गुमाएका थिए ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट बिहीबार मृतकका परिवारलाई शव हस्तान्तरण गरिने भएको छ । दु’र्घ’टनामा ज्यान गुमाएकाको श’व सोमबार र मङ्गलबार दुई चरणमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।





प्रतिक्रिया दिनुहोस