गीताको श’व उठ्यो, छोरीले गरिन् बाबुविरुद्ध उजुरी
574 Views
चितवन, जेष्ठ १८ खोज मिडिया । श्रीमान्ले मलद्वारमा लौरो घुसाउँदा गम्भीर घाइते भई उपचारका क्रममा मृ’त्यु भएकी पूर्वी चितवनको खैरहनी नगरपालिका–१० की गीता माझीको श’व उठेको छ ।
उनको सोमबार राति साढे ११ बजेको समयमा भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । श’वको पोस्टमार्टमपछि खैरहनी नगरपालिकाले गीताको श’व उठाएको हो । उनको दाहसंस्कार पनि नगरपालिकाले नै गर्ने भएको छ । श’वलाई अहिले उनको घरमा लगिएको छ ।
श’वको जिम्मा लिने व्यक्ति नभएपछि स्थानीय सरकारले दाहसंस्कार गर्ने गरी जिम्मा लिएको खैरहनी नगरपालिकाकी उपमेयर कविता उप्रेतीले जानकारी दिइन् ।
आरोपित रामचन्द्र माझीविरुद्ध उनकै छोरी पुष्पा माझीले उ’जु’री दर्ता गरेकी हुन् । हिरासतमा रहेका रामचन्द्रविरुद्ध प्रहरीले यसअघि नै ज्यानसम्बन्धी र ब’लात्का’रको मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ । घ’ट’ना भएको पाँच दिनपछि छोरीले बाबुविरुद्ध लिखित उ’जुरी दिएकी हुन् ।





प्रतिक्रिया दिनुहोस