सरकारी कर्मचारीहरूको तलव १५ प्रतिशतले वृद्धि
683 Views
रोमन लामा (क्षितिज)
रामेछाप १५ जेठ खोज मिडिया। नेपाल सरकारले निजामती, सेना, प्रहरी, शिक्षकलगायत राष्ट्रसेवक कर्मचारीहरुको तलव वृद्धि गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीहरुको तलव १५ प्रतिशतले वृद्धि गरेको जानकारी दिए। निजामती, सेना, प्रहरी, शिक्षकलगायत राष्ट्रसेवक कर्मचारीलाई उत्प्रेरित गरी सेवाभाव उच्च राख्न विद्यमान महँगी भत्ता कायम राखी तलव वृद्धि गरिएको हो। सो तलव आगामी साउन १ गतेदेखि लागू हुनेछ।
तलब बढेसँगै कर्मचारीहरुको तलव ३४ सय देखि १० हजार रुपैँयासम्म वृद्धि भएको छ। खरदारको तलबमा ४२ सय रुपैँया वृद्धि हुँदा मुख्य सचिवको तलव दस हजार रुपैयाँसम्म वृद्धि हुने छ।





प्रतिक्रिया दिनुहोस