समयमै विद्यार्थीहरूको हातमा पाठ्यपुस्तक नपुग्दा करिव २४ लाख विद्यार्थीहरूको पठनपाठन प्रभावित
500 Views
रोमन लामा (क्षितिज)
रामेछाप ७ जेठ खोज मिडिया। समयमै विद्यार्थीहरूको हातहातमा पाठ्यपुस्तक नपुग्दा देशभरका करिब २४ लाख विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको छ । नयाँ शैक्षिक शत्रमा सरकारले ४, ७ र ९ कक्षाका लागि नयाँ पाठ्यक्रम लागु गरेको छ । तर नयाँ पाठ्यक्रम अनुसारका पुस्तक नपुग्दा तीन वटा कक्षामा अध्यनरत झण्डै २४ लाख बालबालिकाको पठनपाठन प्रभावित भएको हो ।
भर्खरै सकेको स्थानीय निर्वाचनमा मतपत्र छपाईको काम गर्नु परेकाले समयमै पाठ्यपुस्तक छपाई गर्न नसकिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ । जसका कारण शैक्षिक शत्र सुरु भएपनि विद्यार्थीहरूको हातहातमा पुस्तक पुग्न सकेको छैन ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका अनुसार अझै ३५ लाख पुस्तक छपाई गर्न बाँकी छ । शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले भने पाठ्यपुस्तक नपुगेकै कारण विद्यार्थीको पठनपाठन नरोकिने गरी छपाई कार्य तीव्र गतिमा भइरहेको बताउनुभयो ।





प्रतिक्रिया दिनुहोस