बंगलादेशका प्रशिक्षकद्धारा फेन्सीङ खेलाडीलाई प्रशिक्षण
770 Views
पोखरा । नवौं राष्ट्रिय खेलफुद प्रतियोगितामा भाग लिने तयारी गरेका फेन्सीङ खेलका खेलाडीहरुलाई बंगलादेशी प्रशिक्षक मोहम्मद मोनिर हुसेनले प्रशिक्षण दिएका छन् ।
फेन्सीङ संघ कास्कीको निमन्त्रणमा वंगलादेशको मिरपुर फेन्सीङ क्लबका मुख्य प्रशिक्षक मोहम्मद मोनिर हुसेनले राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पोखरामा बहुउद्धेश्यीय कर्भड हलमा प्रशिक्षणमा रहेको फेन्सीङ खेलका २० खेलाडीहरुलाई प्रशिक्षण दिईएको थियो ।
पोखरामा नवौं राष्ट्रिय खेलफुद प्रतियोगितामा आगामी जेठ २० देखि २८ सम्म संचालन हुने छ ।
खेलाडीहरुको क्षमता अभिवृद्धि तथा खेलमा निखारपन ल्याउनको लागि विदेशी प्रशिक्षकलाई पोखरा आमन्त्रण गरी एकदिने प्रशिक्षण दिइएको संघका अध्यक्ष विजय शाहीले वताए ।







प्रतिक्रिया दिनुहोस