२५६६ औँ बुद्ध जयन्तीमा “नरेन्द्र मोदी” हेलिकप्टर सहित लुम्बिनीमा
865 Views
लुम्बिनी, जेष्ठ २ खोज मिडिया । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आइपुगेका छन्। उनलाई प्रधानमन्त्री शेरबहादुर देउवा लगाएत अन्य मन्त्रीहरुबाट स्वागत गर्नको लागि उपस्थित भएका छन् ।
मोदीले नेपाल पुगेर ट्विट समेत गरेका छन् । उनले लेखेका छन्, “नेपाल आइपुगेको छु, बुद्ध पूर्णिमाको विशेष अवसरमा नेपालका अद्भूत जनताहरूमाझ हुन पाउँदा खुसी लागेको छ। लुम्बिनीमा हुने कार्यक्रमहरूमा सहभागी हुने अपेक्षामा छु।” मोदी लुम्बिनी सवारी हुन थालेपछि सुरक्षा कडाई गरिएको जनाएको छ। सर्वसाधारणलाई भित्र जानमा मनाही गरिएको बुद्ध जयन्ती समारोह अभियान्ता टेक राज मोक्तान तामाङ्गले जानाकारी दिनुभएको छ ।
मोदी र देउवाले लुम्बिनीमा पूजा गर्नेछन्, त्यस्तै हेरिटेज सेन्टरको नया सभाहल उद्घाटन समेत गर्ने तालिका रहेको जनाएको छ । मोदीसँग परराष्ट्रमन्त्री नारायण खड्काले शिष्टाचार भेटघाट गर्ने जनाएको छ, त्यसपछि प्रधानमन्त्री देउवा र मोदीबीच दुईपक्षीय वार्ता हुने जनाएको छ । भारतीय प्रधानमन्त्री मोदी ११:३० देखि ३ बजे सम्म लुम्बिनी परिसरमा रहने बताईएको छ ।
वैशाख पुर्णिमाको दिन २५६६ औँ बुद्ध जयन्तीको अवसर पारेर लुम्बिनी विकास कोषले आयोजना गरिएको लुम्बिनी दिवस कार्यक्रममा आज बिहान सुरुवातमा मायादेवी मन्दिरमा भारतीय प्रधानमन्त्री मोदी र नेपालको प्रधानमन्त्री शेर बहादुर गरि दुवै देशको मन्त्रि बहुल्यमा पाठ-पुजा आरधना सँगै मन्दिर परिक्रमा गरि उक्त मन्दिरबाट बिहान ८:३० बजे देखि १०:३० बजे सम्म शान्ति पद यात्रा गरिएको थियो ।
त्यसैगरी, २५६६ औँ बुद्धको जन्म जयन्ती एवम लुम्बिनी दिवसको अवसरमा दिउँसो २ बजे दुई देशको प्रधानमन्त्रीबाट शुभकामना सन्देश दिने जनाएको छ ।
तस्विर:”बुद्ध जयन्ती समारोह अभियान्ता” टेक राज मोक्तान तामाङ्ग











प्रतिक्रिया दिनुहोस