माछापुच्छ्रे गाउँपालिका वडानं ९ मा वडा अध्यक्ष “क्षेत्रि” र सदस्य “गुरुङ” विजयी
867 Views
कास्की, जेष्ठ १ खोज मिडिया । गण्डकी प्रदेश माछापुच्छ्रे गाउँपालिका वडा नं ९ मा कांग्रेस पार्टीका अध्यक्ष हरि बहादुर क्षेत्रि (राजेन्द्र) र कांग्रेस पार्टीका खुल्ला सदस्यमा रामहरि गुरुङ विजयी भएको छ ।
माछापुच्छ्रे गाउँपालिका कांग्रेस पार्टीका अध्यक्ष मिन बहादुर गुरुङ र सोहि पार्टीका उपअध्यक्ष सिता अधिकारी हुन् । त्यस्तै महिला सदस्य पदका उम्मेदवारी रुकमाया तामाङ्ग र दलित महिला सदस्य पदका उम्मेदवार सोनीका नेपालि रहेकी छिन् । त्यस्तै खुल्ला सदस्य पदका उम्मेदवार रामहरी गुरुङ र गुन्ज बहादुर क्षेत्रि हुन् ।
माछापुच्छ्रे गाउँपालिका कांग्रेस पार्टीका अध्यक्ष मिन बहादुर गुरुङले यसै ९ वडाबाट ५२९ मत प्राप्त गरेका छन् भने सोहि पार्टीका उपअध्यक्ष सिता अधिकारीले यस वडाबाट ५२६ मत प्राप्त गरि विजयी हाँसिल गरेका छन् । त्यसैगरी माछापुच्छ्रे गाउँपालिका वडा नं ९ का कांग्रेस पार्टीका अध्यक्ष हरि बहादुर क्षेत्रि(राजेन्द्र)ले ५४४ मत प्राप्त गरेका छन्, भने वडा नं ९ का खुल्ला सदस्य पदका उम्मेदवार रामहरी गुरुंगले ५७७ मत प्राप् गरि विजयी हाँसिल गरेका हुन् । त्यस्तै कांग्रेस पार्टीका दलित महिला सदस्य पदका उम्मेदवार सोनीका नेपालीले ५०५ मत प्राप्त गरि बिजयी हाँसिल गरेकी छन् ।
त्यसैगरी कांग्रेस पार्टीका महिला सदस्य पदका उम्मेदवार रुक माया तामाङ्ग जम्मा २ मतले पराजित भएकी छन् उनले ५१३ मत प्राप्त गरेकी हुन् । त्यस्तै सोहि पार्टीका खुल्ला सदस्य उम्मेदवार पदमा गुन्ज बहादुर क्षेत्रि पराजित भएका छन्, क्षेत्रिले ४८१ मत प्राप्त गरि पराजित भएका छन् ।
त्यस्तै, सोहि गाउँपालिका वडा नं ९ का एमाले पार्टीका अध्यक्ष बिक्रम गुरुङले ५०६ मत प्राप्त गरेका छन् र उपअध्यक्ष सिता तिवारीले ४८१ मत प्राप्त गरि पराजित भएका छन् तर दुई सदस्यले भने बिजयी हाँसिल गरेका छन् । माछापुच्छ्रे गाउँपालिका वडा नं ९ का नेकपा एमाले पार्टी पराजित भएको जनाएको छ । सोहि वडाका नेकपा एमाले पार्टीका महिला सदस्य पदका उम्मेदवार सिर कुमारी तामाङ्गले ५१५ मत प्राप्त गरि विजयी हाँसिल गरेकी छिन्,भने उक्त एमाले पार्टीका खुल्ला सदस्य पदका उम्मेदवार अमृत गुरुङ ले ५०५ मत प्राप्त गरि विजयी हाँसिल गरेका छन् ।
वडा नं ९ कांग्रेस पार्टीका खुल्ला सदस्य पदका उम्मेदवार रामहरी गुरुङ विजयी :






प्रतिक्रिया दिनुहोस