बुद्ध जयन्तीमा बहस बलको कि बुद्धि र विवेकको ?
538 Views
रजनी तामाङ्ग,
लुम्बिनी, जेष्ठ १ खोज मिडिया । यही जेष्ठ २ गते परेको वैशाख पुर्णिमाको दिन बुद्ध जयन्ती अथवा लुम्बिनी दिवसकाे अवसर पारेर लुम्बिनी विकास काेषले डाेरी तान्ने प्रतियोगिता र फुटबल प्रतियोगिता आयाेजना गरिएको छ । आगमी बुद्ध जयन्तीलाई तीन दिन सम्म राष्ट्रिय पर्वका रुपमा मनाउने निर्णय गरेकाे काेषकाे याे कार्यक्रम कत्ति उपयुक्त, कत्ति सान्दर्भिक, वा कत्ति असान्दर्भिक भन्ने प्रश्न उठेकाे छ ।
विश्व शान्तिका प्रवर्द्धक बुद्ध जयन्ती सगँ जाेडिएकाे कार्यक्रम गर्दा हामीले बलकाे प्रतिस्पर्धा गराउने कि बुद्धिकाे बहस गराउने भन्ने बारे टिप्पणी गरेका छन् । “विश्व शान्ति अग्रणी भगवान बुद्ध अहिले सम्म सबैकाे लागि पुजनिय हुनुकाे एउटै कारण उहाँले अवलम्बन गर्नुभएको शान्तिकाे बाटाे नै हाे ।” गृहस्थी जीवन त्यागेर बुद्धत्व प्राप्त गरेपछि उहाँले हरेक वाणी उपदेशकाे रुपमा जनमासले अनुसरण गर्न थाले त्यसैलेत अहिले बुद्धका अनुयायी नेपालदेखी एसियाका युराेप खाडी मुलुक हुदै अफ्रिका सम्म फैलिरहेका छन् ।
बुद्धवाणीहरु पछि उपदेश ग्रन्थ र दर्शनकाे रुपमा विस्तार हुँदै धर्मकै रुपमा व्यापकता पाएकाे वर्षाैवर्ष भईसकेकाे छ । २५६६ ओैँ वर्ष सम्म पनि एउटा व्यक्तिको दर्शन विश्वव्यापी अनुकरणीय हुनु याे चानचुने कुरै हैन । विचारकाे अनुकरणकै कारण एउटा सामान्य व्यक्तिले अहिले भगवानका रुपमा विश्वभर पुजिने गरिएकाे छ। संसारमा यदि कुनै व्यक्तिको धेरै प्रतिमा वा तस्बिर या पुस्तक बनेकाे या छापिएको छ भने त्याे भगवान बुद्धकै नाममा छ । यसाे हुनुमा हामीलाई गर्व छ । नेपालमा जन्मिनुभएका भगवान बुद्धकाे नामले अहिले नेपाल विश्वमा चिनिएकाे छ । यत्ति गर्भिलाे व्यक्तिकाे जन्म जयन्ती आगमी वैशाख पुर्णीमाकाे दिनमा भव्य रुपले मनाउने तयारी भईरहेकाे छ।
लुम्बिनी विकास काेषले तीन दिन सम्म राष्ट्रिय पर्वकै रुपमा मनाउने निर्णय प्रचार-प्रसार गरिरहेकाे छ । राष्ट्रिय पर्वकाे रुपमा त मनाउने तर कसरी मनाउने भन्ने स्पष्ट खाका भने जन्ताले बुझ्न पाएका छैनन् । बुद्ध जयन्ती तथा लुम्बिनी दिवसकाे अवसर पारेर लुम्बिनी विकास काेषले डाेरी तान्ने प्रतियोगिता र फुटबल खेल प्रतियोगिता सुरु गरिसकेको छ । “कतै राष्ट्रिय पर्व पनि यीनै सेरोफेरोमा गरिनेत हैन ? भन्ने आसङ्का बढेकाे छ । बुद्ध जयन्ती मनाई रहदा डाेरी तान्ने खेल प्रतियोगिता आयाेजना गरिनुकाे सान्दर्भिकता के छ ? बुद्ध र डाेरी तान्ने खेलसगँ के अन्तर सम्बन्ध रहेकाे छ ? बुद्ध जयन्तीकाे सन्दर्भ जाेडेर काेषले किन यस्ता प्रतियोगिता आयाेजना गरिएकाे छ ? काेषले जवाफ दिनु पर्ने भएकाे छ ।”
यदि राष्ट्रिय पर्व पनि यस्तै सेरोफेरोमा गरिने याेजना छ भने त्यसको कुनै ओैचित्य र दाेग रहने देखिदैन । लुम्बिनी क्षेत्रमा लुम्बिनी विकास काेषले आयाेजना गरेकाे डाेरी तान्ने र फुटबल प्रतियोगितालाई लिएर अहिले यसकाे सान्दर्भिकता र उपयुक्तकाे विषयमा बहस गर्न जरुरी देखिन्छ । भगवान बुद्धलाई विश्वले चिनिने भनेकाे उहाँको दर्शनले हाे । “बुद्धकाे उपदेशमा बलकाे भन्दा बुद्धि र विवेककाे कुरा धेरै रहेकाे छ । हिँसा हुने भनेकाे बल, डर र धम्कीकाे प्रयाेगबाट हुने हाे ।” “भगवान बुद्धले भन्नुभएको छ ।” कहिल्यै पनि हिंसा नगर्नु, अरुकाे अहितमा हुने कुनै काम नगर्नु, चाेरी नगर्नु, महत्त्वपूर्ण समय व्यर्थमा खेर नफाल्नु, जीवन उपयोगी कामकाे सृजना गर्नु र ध्यानभावना बस्नु भन्ने उहाँको दर्शनको मर्म हाे । काेषले अहिले सुरु गरेकाे गतिविधिलाई हेर्दा बुद्धिविवेककाे भन्दा बलकाे प्रयाेगमा समय खर्चिएकाे देखिन्छ । बुद्ध शिक्षा बाैद्दधर्मवलम्विकाे लागि मात्रै हाेकि सबै नागरिकको लागि या विश्वका जन्ताकाे लागि? आम जन्ता अझै पनि अन्याेलमा छन् । बुझाउन सकिएकाे छैन ।
अहिलेकाे समयमा काेषले ध्यान दिने भनेकाे बुद्ध शिक्षाको आवश्यकता र सान्दर्भिकता बहस केन्द्रित गर्नुपर्ने हाे । अन्य धर्मको बलपूर्वक बिस्तारले बुद्ध धर्म प्रति आक्रमण सुरु भएकाे छ । सरकार र दलहरु माउन छन् । यस्ताेबेला अरु धर्म र बुद्ध धर्ममा फरक के छ ? अहिलेकाे समयमा बुद्ध धर्मकाे सान्दर्भिकता कत्ति छ ? र किन आवश्यक छ भन्ने बहसमा लुम्बिनी विकास काेषले केन्द्रित हुनुपर्ने तर भएकाे पाईदैन । बुद्ध जयन्तीको सन्दर्भमा बुद्धि र विवेक प्रयाेग हुने बहसलाई छाडेर बलकाे प्रयाेग हुने डाेरी तान्ने प्रतियोगिता आयाेजना गरेर दुनिया हसाउने काम नगराैँ । समयकाे गतिमा कसरी चल्ने ? अहिलेकाे आवश्यकता के हाे ? बसेर चिन्तनर मनन् गराैँ। त्यसैले यदि आगमी बुद्ध जयन्तीलाई राष्ट्रिय पर्वका रुपमा भव्य बनाउने हाे भने बुद्ध शिक्षाको आवश्यकता माथि बहस गर्न सुरु गराैँ । सम्बन्धित सबैमा चेतना गराएका छन् ।





प्रतिक्रिया दिनुहोस