माछापुच्छ्रे गाउँपालिका- १ मा ईन्द्र बहादुर गुरुङको प्यानल बिजयी
817 Views
कास्की, जेष्ठ १ खोज मिडिया । गण्डकी प्रदेशको स्थानीय तह निर्वाचन-२०७९ अन्तर्गत जिल्लामा पहिलोपटक घोषणा गरिएको मत परिणाममा काँग्रेस र माओवादीको साझा गठबन्धनका उम्मेदवारले जित हासिल गरेका छन् ।
माछापुच्छ्रे गाउँपालिका–१ को वडाध्यक्षमा इन्द्रबहादुर गुरुङको प्यानल विजयी भएको हो । नेपाली काँग्रेस र माओवादी केन्द्रको तालमेल रहेको सो वडामा गुरुङले ६२२ मत पाउनुभयो भने नेकपा(एमाले)का अनुप गुरुङले ५८४ मत प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी महिला सदस्यमा काँग्रेसका जमुना पुन, दलित महिला सदस्यमा श्याममाया सुनार र खुला सदस्यमा नेपाली काँग्रेसका देवबहादुर मगर र माओवादी केन्द्रका पुर्खबहादुर पुन विजयीभएको निर्वाचन अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए ।
सो वडाबाट गाउँपालिका अध्यक्षमा नेपाली काग्रेसका मीनबहादुर गुरुङले ६८३ र नेकपा(एमाले)का विक्रम गुरुङ गुरुङले ५२५ मत पाउनुभयो । यसैगरी उपाध्यक्षमा काँग्रेसका सीता अधिकारीले ६१८ र एमालेका सीता तिवारीले ५३३ मत प्राप्त गरेकी छन ।





प्रतिक्रिया दिनुहोस