माछापुच्छ्रे गाउँपालिका २ को वडाध्यक्षमा गणेश आचार्यको प्यानल विजयी
835 Views
कास्की, जेष्ठ १ खोज मिडिया ।गण्डकी प्रदेशको स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत कास्की जिल्लामा घोषणा गरिएको मत परिणाममा काँग्रेस पार्टीका प्यानल उम्मेदवारहरुले जित हासिल गरेका छन् ।
माछापुच्छ्रे गाउँपालिका-२ को वडाध्यक्षमा गणेश आचार्यको प्यानल विजयी भएको हो । वडा नं २ का प्रमुखले ९१७ मत प्राप्त गरेका छन्, भने उपप्रमुखले ९१५ मत प्राप्त गरेको जनाएको छ । त्यस्तै वडा नं २ का अध्य्क्ष गणेश आचार्यले १०५७ मत प्राप्त गरेका छन् ।
यसैगरी महिला सदस्यमा सर्मिला तामाङ्गले ९९१ मत प्राप्त गरेकी छिन् भने दलित महिला सदस्यमा सुकमाया कामीले ९४४ मत प्राप्त गरेकी छिन्, त्यस्तै खुला सदस्यमा अर्जुन गुरुङले ९७५ मत पाएका छन् र ईन बहादुर तामाङ्गले ९५३ मत पाएका छन् ।
उक्त वडाबाट गाउँपालिका अध्यक्षमा नेपाली काग्रेसका मीनबहादुर गुरुङले ९१७ र नेकपा(एमाले)का विक्रम गुरुङ गुरुङले १०४३ मत प्राप्त गरेका छन् । यसैगरी उपाध्यक्षमा काँग्रेसका सीता अधिकारीले ९१५ र एमालेका सीता तिवारीले ८२७ मत प्राप्त गरेकी हुन् ।





प्रतिक्रिया दिनुहोस