झापाको कमल गाउँपालिकामा कांग्रेसको विजयी सुरुवात
610 Views
झापा, जेष्ठ १ खोज मिडिया । झापाको कमल गाउँपालिकामा कांग्रेसले विजयी सुरुवात गरेको छ । उसले कमल–१ बाट विजयी सुरुवात गरेको हो ।
कमल–१ मा कांग्रेसका केदार कटुवालको प्यानल नै विजयी भएको छ । उनले १ हजार ७८६ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका श्यामबहादुर कार्कीले १ हजार ६३ मत ल्याए ।
गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा पनि गठबन्धन नै अगाडि छ । २०७४ को स्थानीय तह निर्वाचनमा एमालेसँग गोलामा हारेका हुकुमसिंह राईले यसपटक सुरुवातमै फराकिलो अन्तर बनाएका छन् । वडा नम्बर १ को गणना सकिँदा १ हजार ८०७ मत पाएका थिए ।
उनका प्रतिस्पर्धी एमालेका भीम राईले १ हजार १०६ मत पाएका छन् । उपाध्यक्षमा पनि गठबन्धन अगाडि छ । गठबन्धनको तर्फबाट माओवादीका पर्शुराम सुवेदीले १६३ मत ल्याएका छन् । एमालेकी प्रमिला न्यौपानेले १ हजार १८ मतका साथ उनलाई पछ्याउँदै छिन् ।





प्रतिक्रिया दिनुहोस