प्रचण्डलाई सोध्यो २४ घन्टे स्पष्टीकरण
434 Views
काठमाडौँ, २८ वैशाख खोज मिडिया । निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)लाई २४ घन्टे स्पष्टीकरण सोधेको छ ।
केही दिनअघि सत्ता गठबन्धनले भरतपुर महानगरमा आयोजना गरेको चुनावी सभामा रेणु दाहाललाई निर्वाचित नगराए देश दु’र्घट’ना पर्छ भनि दिएको अभिव्यक्तिमाथि आयोगले स्पष्टीकरण सोधेको हो ।
प्रचण्डले आम मतदातालाई धम्क्याउने उद्देश्यले प्रेरित भइ आ’पत्ति’ज’नक अभिव्यक्ति दिएको पत्रमा उल्लेख गरिएको छ । आयोगले पत्र प्राप्त भएको २४ घन्टाभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ ।
“माओवादी केन्द्रको अध्यक्षले आफ्नो दलको चुनाव चिह्नमा भोट हालिँदैन भन्यो भने देश दु’र्घट’नामा भन्नुको अन्तरनि’हीत मनशाय के हो ? आयोगले प्रचण्डलाई सोधेको स्पष्टीकरणमा भनिएको छ ।”





प्रतिक्रिया दिनुहोस