महाराजगञ्जमा कांग्रेसकी उपमेयर उम्मेदवारको नि’ध’न
704 Views
कपिलवस्तु, २७ वैशाख खोज मिडिया । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको उपमेयर पदका उम्मेदवार शुभावती कुर्मीको मृ’त्यु भएको छ ।
नगरपालिकाका निवर्तमान उपमेयरसमेत रहेकी कुर्मी नेपाली कांग्रेसबाट पुनःउम्मेदवार भएकी थिइन । गए राति श्वास प्रश्वासमा असहज भएपछि उपचारको लागि उनलाई कपिलवस्तु अस्पताल तौलिहवा लगिएको थियो ।
उपचारको क्रममा राति १ बजे निधन भएको स्थानीय व्रिजेश यादवले बताए । उनको हृ’दयघा’तको कारण मृ’त्यु भएको बताइएको छ । मृ’त’क कुर्मीको श’वको आजै दाह संस्कार गरिने तयारी गरिएको छ ।





प्रतिक्रिया दिनुहोस