भगवानको कुन तस्विर घरमा राख्दा अशुभ मानिन्छ जानकारीको लागि
682 Views
काठमाडौँ, २७ वैशाख खोज मिडिया । घरमा सुख, शान्ति छाओस् भनेर हामी घरमा भगवानको पुजा,अराधना गर्छौं शान्ति, शक्ति र मुक्तिका लागि हामी विभिन्न शक्ति पीठहरुमा धाउने र भगवानको दर्शन गर्ने गर्छौँ र आशिर्वाद पनि लिन्छौँ भगवानको कृपाले हाम्रो मनोकांक्षा पुर्ण हुने विश्वास राख्छौं त्यसैले हामीले घरमा पनि विहान बेलुकी पुजा आरधाना गर्छौं हरेक पुजाको सुरुवात गणेश भगवानबाट वा कुल देवताबाट गरिन्छ हामीले घरमा पुजा, आरती गर्दा त्रुटी भयो भने फल प्रप्त हुँदैन कुनै-कुनै देवी देवताको फोटो र मूर्तिहरु पनि घरमा राख्नु अशुभ मानिन्छ ।
हेनुहोस् यी देवी देवताको मूर्ति घरमा राख्दा अशुभ हुन्छ :-नटराज भगवान शिवाजीको नृत्यकला प्रस्तुत गरिएको रुप हो शिवजीले ताण्डप प्रस्तुत गरिरहेको मूर्ति वा तस्वीर भुलेर पनि पुजा कोठामा वा घरमा राख्नु हुँदैन यसले घरमा विभिन्न किसिमका संकटहरु निम्त्याउँछ ।
काली : हिन्दु देवी पार्वतीको भयड.कर रुप हो काली क्रोध अवस्थाको महाकालीको मूर्तिले घरमा नकारात्मक शक्ति प्रवाह गर्छ परिणाम स्वरुपमा घरमा कलह, दुःख, कष्ट र पारिवारीक संकट आउँछ त्यसैले महाकाली शक्ति वा फोटो घरमा राख्नु हुँदैन मुङ माला लगाएको महाकालीको फोटो घरमा राख्नुभयो भने तपाईको बच्चाको दिमागमा नकारात्मक उर्जा प्रवेश गर्छ उनिहरुमा नकारात्मक सोच भरिन सक्छ त्यसैले कहिल्यै पनि खप्परको माला लगाएको मुर्ति पनि घरमा नरनख्नुहोस् ।
वास्तुशास्त्र अनुसार घरमा शिवलिंग स्थापना गर्नु हुँदैन शनिदेवको मुर्ति फोटो पनि घरमा राख्नु हुँदैन शनिदेवलाई एकान्त प्रेमी, उदास र बैरागीको देवता मानिन्छ राहु र केतु ग्रह शान्तिका लागि ज्यातिषशास्त्र अनुसार ज्योतिषहरुले राहु र केतुलाई पुजा गर्न सल्लाह दिन्छन् तर राहु केतुको मुर्ति, फोटो घरमा राख्नु हुँदैन।
भैरव भगवान शिवको रिसाह रुप हो त्यसैले भैरवको मुर्ति तथा फोटो भुलेर पनि घरमा नराख्नुहोस् कतिपय मानिसहरु आफ्नो दिवगंत पितृ अथवा माता, पिताका फोटोहरु घरको मन्दिरमा राखेर पुजा गर्ने गर्दछन् माता पितालाई सम्मान गर्नु राम्रो हो तर यसरी मन्दिरमा राखेर पुजा गर्नु अशुभ मानिन्छ किनकि देवता र पितृ एक ठाउँमा बस्ने चिज होइनन् ।
गणेश, लक्ष्मी र सरस्वतीको उभिएको मुर्ति वा तस्बीर घरको मुर्तिमा राख्नु हुँदैन पुजा कोठामा एकै देवताका दुई मूर्ति पनि राख्नु हुँदैन। यसो गरे परिवार र आफन्तसँग मनमुटाव हुन जान्छ पुजा कोठामा हनुमानको फोटो पनि राख्नु हुँदैन । घरमा अशान्ति र भाँडभैलो मच्चिन सक्छ सैगरी हात्तिको जस्तो शिर, मोटो मानिसको जस्तो बडेमानको भूडी, हात्तिको जस्तो लामो मोटो नाक, लामा लामा कान भएका गणेशको यी संरचनाबारे विभिन्न किस्साहरु जोडिएको पाईन्छ ।





प्रतिक्रिया दिनुहोस