छुरा प्रहारबाट एक युवकको ह’त्या
541 Views
चितवन, २६ वैशाख खोज मिडिया । चितवनमा छुरा प्रहारबाट एक युवकको हत्या भएको छ । भरतपुर महानगरपालिका–१२ का करिब २८ वर्षीय कान भनिने अनिल परियारलाई छु’रा हा’नी वि’भत्स ह’त्या गरिएको हो । भरतपुर–७ कृष्णपुर खेलमैदान नजिक आइतबार साँझ करिब साढे ७ बजेतिर परियारलाई अ’ज्ञा’त समूहले छु’रा हानेको हो ।
छु’रा लागेपछि घा’इते भएका परियारको उपचारका लागि चितवन मेडिकल कलेज लैजाँदै गर्दा बाटोमा नै मृ’त्यु भएको चितवन प्र’ह’रीका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए ।
प्रहरी स्रोतका अनुसार परियारका १० भन्दा बढी ठाउँमा छु’रा हानिएको छ । “घुँडाबाट माथि जताततै छु’रा हानिएको छ । १० भन्दा बढी ठाउँमा छु’रा हानिएको देखिन्छ।” स्रोतले बताए ! घ’ट’नाको अनुसन्धानका लागि अधिकारीसहितको प्र’हरी टोली चितवन मेडिकल कलेजमा पुगेको छ ।
छु’रा प्र’हा’र गर्ने समूहको खोजी भइरहेको अधिकारीले जानकारी दिएका छन् । परियार गत वर्ष मात्रै चितवन कारागारमा एक वर्ष कैद सजाय भोगेर रिहा भएका थिए । निर्वाचन नजिकिँदै जाँदा चितवनमा अ’प’राधिक क्रियाकलाप बढ्दै गएका छन् ।





प्रतिक्रिया दिनुहोस