पहिरोले अवरुद्ध मुग्लिन/नारायणगढ सडकखण्ड संचालनमा
454 Views
मुग्लिन, २५ वैशाख खोज मिडिया । हिजो शनिबार साँझ गएको प’हि’रोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ ।
इच्छाकामना गाउँपालिका–६ स्थित तोपेखोलामा पहिरो खस्दा शनिबार साँझ करिब ७ः४० बजेदेखि सडक अ’वरुद्ध भएको थियो ।
जिल्ला प्र’हरी कार्यालय चितवनका अनुसार सडक बिहान ५ः३० बजेबाट सञ्चालनमा आएको हो ।
प’हिरो पन्छाउनका लागि मुग्लिन र भरतपुरबाट एक–एकवटा जेसिभी प्रयोग गरिएको थियो । प’हिरो हटाएसँगै अलपत्र परेका सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस